२०८३ भाद्र १७
२०८३ भाद्र १७
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार बाढीका कारण ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) गरी १२ वटा आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन् । ११ वटा आयोजना स्थलबाट हालसम्म ९४७ जना व्यक्तिहरू सम्पर्कविहीन रहेको इप्पानको तथ्याङ्कले देखाएको छ । इप्पानले गरेको अध्ययन अनुसार रसुवा र नुवाकोट क्षेत्रका माथिल्लो त्रिशूली–१, लाङटाङ खोला, त्रिशूली जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली थ्री ’ए’, देवीघाट, रसुवागढी, चिलिमे लगायतका प्रमुख आयोजनाहरू बाढीबाट गम्भीर रूपमा प्रभावित…