Skip to main content

Urja Nepal

इप्पानको अध्ययन निष्कर्ष : बाढीबाट ६६९ मेगावाटका १२ जलविद्युत आयोजना क्षतिग्रस्त, ९४७ कर्मचानरी सम्पर्कविहीन

Advertisement

Urja Nepal

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार बाढीका कारण ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) गरी १२ वटा आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

११ वटा आयोजना स्थलबाट हालसम्म ९४७ जना व्यक्तिहरू सम्पर्कविहीन रहेको इप्पानको तथ्याङ्कले देखाएको छ । इप्पानले गरेको अध्ययन अनुसार रसुवा र नुवाकोट क्षेत्रका माथिल्लो त्रिशूली–१, लाङटाङ खोला, त्रिशूली जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली थ्री ’ए’, देवीघाट, रसुवागढी, चिलिमे लगायतका प्रमुख आयोजनाहरू बाढीबाट गम्भीर रूपमा प्रभावित बनेका छन् ।

माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङ र हेडवक्र्स क्षेत्रमा थुनिएका तथा हराइरहेकाहरूको खोजीका लागि नेपालस्थित दक्षिण कोरियाली दूतावासको पहलमा ४४ जनाको विशेषज्ञ टोलीसमेत परिचालन गरिएको इप्पानले जनाएको छ । सो आयोजनाबाट सम्पर्कविहीन हुनेमा ९ जना कोरियाली नागरिकसहित अन्य कामदारहरू रहेका छन् ।

यस्तै लाङटाङ खोला (२० मेगावाट) आयोजनाको सुरुङभित्र १५० मिटरसम्म पुगेर खोजी गर्दा पनि ४१ जना अझै सम्पर्कमा आउन नसकेको इप्पानको अध्ययनले देखाएको छ । माथिल्लो त्रिशूली थ्री ’ए’ (६० मेगावाट) को भूमिगत विद्युतगृहभित्र मर्मतका लागि गएका ४२ जना थुनिएको अनुमान गरिएको छ । सुरुङको मुख्य प्रवेशमार्ग पुरिएको र बालुवा, माटो तथा ठूला ढुङ्गा थुप्रिएकाले ब्लास्टिङ गर्दै पानी पम्पिङ गरेर उद्धार प्रयास जारी राखिएको इप्पानले उल्लेख गरेको छ ।

रसुवागढी (१११ मेगावाट) र चिलिमे (२० मेगावाट) जलविद्युत केन्द्रका विद्युतगृहमा फसेका कामदारहरूको उद्धारमा भोटेकोशी नदीको बढेको सतह र निरन्तरको वर्षाका कारण उपकरण पुर्‍याउन कठिनाइ भइरहेको इप्पानले जनाएको छ । चिलिमेको विद्युतगृहभित्र ६ जना र त्रिशूली जलविद्युत केन्द्रबाट ३ जना हराइरहेका छन् ।

उद्धारका लागि नेपाली सेना तथा भारतीय सेनाको विज्ञ टोली र विभिन्न उपकरणहरू परिचालन गरिए पनि मौसम र प्रतिकूल भूगोलका कारण खोजी कार्य जटिल बनेको इप्पानको अध्ययन विवरणमा उल्लेख छ । यसैगरी नुवाकोट सोलार आयोजनाको २५ मेगावाटमध्ये १९.६ मेगावाट क्षमताको सोलार प्लान्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको इप्पानले जनाएको छ ।

७ स्थानमा रहेका प्लान्टमध्ये ४ स्थानका प्लान्ट, कार्यालय भवन र कन्ट्रोल भवन बाढीले बगाएको छ। मिडल त्रिशूली गङ्गा र देवीघाट आयोजनाबाट पनि कामदारहरू बेपत्ता भएको र केहीको सकुशल उद्धार गरिएको इप्पानले जनाएको छ । प्रभावित क्षेत्रहरूमा प्राविधिक उपकरण र हेलिकप्टरमार्फत उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?