२०८३ भाद्र २६
२०८३ भाद्र २६
काठमाडौं । हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढी लगायत मुलुकभर पानीजन्य विपद्ले पुर्याएको क्षतिको पुनरुत्थानलाई केवल तात्कालिक टालटुले मर्मतमा सीमित नराखी दीर्घकालीन र उत्थानशील एकीकृत विकासका रूपमा अगाडि बढाउने ऊर्जा मन्त्रालयले संकल्प गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्पछिको क्षतिलाई सुधार्दै आगामी दिनमा जुनसुकै विपद् सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको जानकारी दिएका छन् । भोटेकोशी र देशभरका अन्य जलविद्युत् आयोजनामा पुगेको क्षतिको प्राविधिक विश्लेषण गरी भावी रणनीति तय गर्न ऊर्जा मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, विद्युत् नियमन आयोग, मन्त्रालयका उच्च अधिकारीहरू तथा प्राविधिक विज्ञ टोलीसँगको…