Skip to main content

Urja Nepal

चिलिमेमा १२० मिटर भित्रबाट आयो इको, फसेका कर्मचारी सकुशल रहेको आशा जगायो : अध्यक्ष घिसिङ

Advertisement

Urja Nepal

काठमाडौं । रसुवा स्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ । पूर्व ऊर्जा मन्त्री तथा विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाली सेनाको बुलावामा प्राविधिक सुझाव, समन्वय र सहजीकरणका लागि आफैँ घटनास्थल पुगेका छन् ।

सुरुङभित्र करिब १२० मिटर भित्रबाट आवाजको प्रतिध्वनि (इको) सुनिएको र चिसो हावा समेत आइरहेकाले फसेका व्यक्तिहरू सकुशल रहेको आशा र अनुमान बलियो बनेको छ ।

मुख्य पहुँच सुरुङमा जम्मा भएको ठूलो मात्राको लेदो, बालुवा र ढुंगा हटाउँदै उद्धार टोली निरन्तर अगाडि बढिरहेको छ । अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको र स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म बाटो बनाउन एक्स्क्याभेटर प्रयोग गरी काम भइरहेको छ । आजसम्ममा सुरुङस्थलमा एक्स्क्याभेटर र लोडर पुग्ने सम्भावना रहेको छ । जसले पुगेपछि उद्धार कार्यमा अझ तीव्र गति आउने विश्वास लिइएको छ ।

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरू अहोरात्र खटिएका छन् ।

चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको पुरानो अनुभव प्रयोग गर्दै उद्धार टोलीको मनोबल उच्च राखिएको र कठिन परिस्थितिमा पनि सबै पक्षको एकीकृत प्रयासबाट उद्धार सफल हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?