Skip to main content

Urja Nepal

Day: २०८३ भाद्र २९

इप्पानको निवर्तमान अध्यक्ष कार्की ’ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ बाट सम्मानित

इप्पानको निवर्तमान अध्यक्ष कार्की ’ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ बाट सम्मानित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्की ’एनर्जी लिडरसिप एक्सेलेन्स अवार्ड २०२६’ (ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार) बाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ’एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ (भोल्युम ७)’ अन्तर्गत ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा आइतबार आयोजित विशेष समारोहका बिच प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र राष्ट्रिय पूर्वाधार निर्माणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कार्कीले सम्मानका लागि आयोजक…
Read More
भोटेकोसी बाढीमा परेका जलविद्युत् क्षेत्रका ९०९ जना अझै सम्पर्कविहीन: इप्पान

भोटेकोसी बाढीमा परेका जलविद्युत् क्षेत्रका ९०९ जना अझै सम्पर्कविहीन: इप्पान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रका कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावितमध्ये २८१ मेगावाटका ८ वटा सञ्चालित र ३८८ मेगावाटका ४ वटा निर्माणाधीन आयोजना रहेका छन् । बाढीबाट ११ वटा आयोजना पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै ९०९ जना मानिस सम्पर्कविहीन भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानले) जनाएको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा पुगेको छ । जहाँ बाढीअघि १ हजार ४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ५३८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमा ९ कोरियन, ३४ चिनियाँ…
Read More
कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ । सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनस्र्थापनाको काम अघि बढाइरहेको छ । निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो । त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी…
Read More