Skip to main content

Urja Nepal

इप्पानको निवर्तमान अध्यक्ष कार्की ’ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ बाट सम्मानित

Advertisement

Urja Nepal

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्की ’एनर्जी लिडरसिप एक्सेलेन्स अवार्ड २०२६’ (ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार) बाट सम्मानित भएका छन् ।

सिजन मिडियाद्वारा आयोजित ’एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ (भोल्युम ७)’ अन्तर्गत ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा आइतबार आयोजित विशेष समारोहका बिच प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र राष्ट्रिय पूर्वाधार निर्माणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कार्कीले सम्मानका लागि आयोजक संस्थाप्रति आभार प्रकट गरे । उनले भने, “नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा योगदान पुर्‍याउन पाएकामा गौरवान्वित महसुस गरेको छु। ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी अभिवृद्धि र नीतिगत सुधारका लागि आगामी दिनमा पनि निरन्तर समर्पित रहनेछु ।“

जलविद्युत् क्षेत्रका अग्रणी उद्यमी कार्कीले ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न र सरकार तथा निजी क्षेत्रबिच सहकार्य बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

कार्की लामो समयदेखि जलविद्युत् आयोजना विकास, ऊर्जा नीति र निजी क्षेत्रका सरोकारका विषयमा सक्रिय छन् ।

उनले इप्पानको नेतृत्व गर्दै निजी क्षेत्रका विद्युत् उत्पादकका तर्फबाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापार, लगानी र नीतिगत सुधारका विषय सरकारसमक्ष उठाउँदै आएका थिए ।

कार्की सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक, पिपुल्स हाइड्रोपावरका निर्देशक, बेनी हाइड्रोपावरका प्रबन्ध निर्देशक तथा युनियन हाइड्रोपावरका निर्देशकसमेत रहेका छन् ।

कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?