Skip to main content

Urja Nepal

Blog

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३.४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४.९ प्रतिशत भारित भौतिक प्रगति भएको छ । पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाले बताए । उनकाअनुसार केही…
Read More
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो । पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो । भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व सङ्कलन भएको थियो । गत वर्ष पहिलो तीन महिनामा…
Read More
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो । सिक्टा आयोजनाले रु. ५४ करोड ३ लाख लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु. २ अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी राम…
Read More
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन दमकले प्रकाशित गरेको सूचनाअनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको छ। उक्त ठेक्काका लागि महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४…
Read More
हिमाली जलविद्युत् र ऊर्जा पूर्वाधार जोगाउन विश्वसँग सहकार्यको ऊर्जामन्त्री श्रेष्ठको प्रस्ताव

हिमाली जलविद्युत् र ऊर्जा पूर्वाधार जोगाउन विश्वसँग सहकार्यको ऊर्जामन्त्री श्रेष्ठको प्रस्ताव

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालयमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उनले हिमालको संरक्षणसँगै जलविद्युत् तथा ऊर्जा पूर्वाधार जोगाउन विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका हुन् । नेपाल सरकार र यूएन इएससीएपीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले गत अगस्ट २६ मा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी गराएका थिए । उनले हिमाली क्षेत्रमा हुने विपत्तिले सीमावर्ती…
Read More
दुई वर्ष ढिलो बन्यो केरौन सबस्टेसन, चार्जिङको तयारी

दुई वर्ष ढिलो बन्यो केरौन सबस्टेसन, चार्जिङको तयारी

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौनमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । निर्धारित समयभन्दा झण्डै दुई वर्ष पछाडि धकेलिएको आयोजना निर्माण सम्पन्न भएसँगै अहिले चार्जिङ प्रक्रियामा प्रवेश गरेको हो । सबस्टेसनसँगै त्यसलाई जोड्ने ३३ केभी सब–ट्रान्समिसन लाइनको कामसमेत पूरा भएको छ। यस आयोजनाले मोरङको केरौन, रङ्गेली र विराटचोक आसपासको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना निर्माणका लागि १० नोभेम्बर २०२१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार १० नोभेम्बर २०२३ सम्म निर्माण सक्नुपर्ने भए पनि तोकिएको अवधिमा काम पूरा हुन सकेन । निर्माणमा निरन्तर ढिलाइ भएपछि आयोजनाको…
Read More
वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार…
Read More
‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम देखिएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पूर्वानुमानअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेकाले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काटिसकेको भए कार्तिक १२ गतेअघि नै भित्र्याउन…
Read More
विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । इप्पानले मंगलबार (कात्तिक १० गते) विज्ञप्ती जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गरेको निर्णय प्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो माग राखेको हो । इप्पानले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिनुपर्ने दुई दशकभन्दा लामो समयदेखिको मागतर्फ सरकारको यो निर्णय महत्त्वपूर्ण सुरुवात भएको जनाएको छ । यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई पहिलोपटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र…
Read More
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

बैंकक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपगेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक आइपेका हुन् । बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।…
Read More