Skip to main content

Urja Nepal

भोटेकोसी बाढी: हाइड्रोका १३ सम्पर्कमा आएसँगै घट्यो हराउनेको संख्या, कति सम्पर्कविहीन ?

Advertisement

Urja Nepal

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरूमा हराइरहेका मध्ये माथिल्लो त्रिशूली थ्री बी आयोजनाका १३ जना सम्पर्कमा आएका छन् ।
निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना कामदारहरू सकुशल सम्पर्कमा आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जानकारी दिएको छ । इप्पानले जलविद्युत कम्पनीमा काम गर्नेहरूको हराउनेको वस्तुस्थितिसम्म नियमित अपठेट गराइरहेको छ ।
१३ जना सम्पर्कमा आएसँगै माथिल्लो त्रिशूली थ्री बी आयोजनामा बेपत्ता हुनेहरूको संख्या १४१ बाट घटेर १२८ मा झरेको छ । जसले समग्र हराइरहेकाहरूको संख्यामा केही कमी ल्याएको छ ।
यद्यपि, रसुवा र आसपासका विभिन्न ११ वटा बाढी प्रभावित जलविद्युत आयोजनाहरूमा अझै ठुलो संख्यामा कर्मचारी, कामदार र विदेशी नागरिकहरू सम्पर्कविहीन रहेका छन् र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।
त्रिशूली थ्री बी आयोजना (३७ मेगावाट) का १३ जना सम्पर्कमा आए पनि सोही आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि गएका इन्जिनियरिङ विद्यार्थीसहित १७८ जना अझै सम्पर्कविहीन छन् ।
त्यस्तै, बाढीबाट सबैभन्दा बढी जनशक्ति प्रभावित भएको माथिल्लो त्रिशूली–१ आयोजना (२१६ मेगावाट) मा बाढी आउनुअघि १ हजार ४ सय ३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ भने ५४८ जना अझै सम्पर्कविहीन छन् । हराइरहेका ती ५४८ जनामध्ये ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेका छन् ।
यस आयोजनाकोबाट शनिवार दुई वटा शव नेपाली सेनाले निकालेको छ भने आइतबारदेखि अडिट सुरुङ नम्बर ३ लगायतका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ ।
अर्को ठुलो आयोजना रसुवागढी (१११ मेगावाट) मा कार्यरत इन्जिनियर, कर्मचारी तथा कामदारहरू गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन् । बाढीको लेदो, माटो र गेग्र्यान चार तलासम्म भरिएको यस आयोजनाको विद्यतगृहभित्र शनिवार गरिएको खोजीमा जीवित कोही फेला नपरेपछि आइतबारदेखि बाहिरी खण्ड, संरचना, कार्यालय तथा आवास क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
यता लाङटाङ खोला आयोजना (२० मेगावाट) को सुरुङभित्र पाइप काटेर प्रवेश गरी खोजी गर्दा २ जनाको शव भेटिए पनि शव क्षतविक्षत भएकाले पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ र यस आयोजनाका ३९ जना अझै सम्पर्कविहीन छन् ।
रसुवा भोटेकोसी आयोजना (१२० मेगावाट) मा हराइरहेका मध्ये आयोजनाका चालकको शव फेला परेको छ भने २ चिनियाँसहित ३ जना अझै बेपत्ता छन् र ५ जना सकुशल रहेका छन् ।
बाढीबाट प्रभावित अन्य जलविद्युत आयोजनाहरूमा पनि ठुलो संख्यामा जनशक्ति सम्पर्कविहीन छन् । विवरण अनुसार माथिल्लो त्रिशूली–३ए (६० मेगावाट) का ३९ जना, त्रिशूली जलविद्युत केन्द्र (२४ मेगावाट) का २ सुरक्षा गार्ड र १ कर्मचारीसहित ३ जना, देवीघाट जलविद्युत केन्द्र (१४.१ मेगावाट) का १ सुरक्षा गार्ड, मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) का २ जना, चिलिमे जलविद्युत आयोजना (२२ मेगावाट) का ६ जना र मैलुङ खोला आयोजना (५ मेगावाट) का ७ जना अज्ञात अवस्थामा रहेका छन् ।
हाल बाढीग्रस्त क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली, ड्रोन प्रविधि र तालिमप्राप्त कुकुरहरू समेत परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?