२०८३ भाद्र २२
२०८३ भाद्र २२
काठमाडौं । गत भदौ १० गते गएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाको बारेमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आयोजनामा फेसका व्यक्तिलाई गरेको उद्धारको र अहिलेसम्मको नतिजाको बारेमा समेत जानकारी गराएका हुन् । हेर्नुहोस् प्रधानमन्त्रीले गराएको जानकारी आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु, भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिम पहिरोको कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आयो। भीषण बाढीका कारण विद्युत् आयोजना क्षेत्रहरुमा पनि ठूलो असर पर्यो। सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाहरुले जनधनको क्षति बेहोर्नुपर्यो। ती आयोजना क्षेत्रहरुबाट पनि मानिसहरु सम्पर्कविहीन भएकाले…