Skip to main content

Urja Nepal

रसुवा बाढी: १,३५५ को मृत्यु, ४ हजार ९०० भन्दा बढी बेपत्ता, १३ हजारभन्दा बढीको उद्धार

Advertisement

Urja Nepal

काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११:०० बजे अद्यावधिक गरेको तथ्याङ्कअनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको हो।

प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ५५ जनामध्ये विभिन्न जिल्लाबाट शव फेला परेका छन्। जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमा कतिपय मानव अङ्गहरू मात्रै समेत रहेका छन्। हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको छ।

बाढीका कारण सम्पर्कविहीन हुनेहरूको सङ्ख्या करिब ४ हजार ९ सय ९६ पुगेको छ। रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार १ हजार ९ ६७ जना नेपाली नागरिक र नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार करिब २ हजार ३ ४० जना नेपाली नागरिक बेपत्ता छन्। यस्तै, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र करिब ५८९ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेका छन्। यद्यपि, सम्पर्कविहीनहरूको उल्लेखित सङ्ख्यामा पहिचान नभएका शवहरू र उद्धार गरिएका व्यक्तिहरू पनि समावेश भएको हुन सक्ने भएकाले उक्त तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

विपद्का बिच खोज तथा उद्धार कार्यलाई तीव्र पारिँदा हालसम्म १३ हजार ३ ९६ जनाको सकुशल उद्धार गरिएको छ। उद्धारका लागि हवाई सेवा समेत परिचालन गरिएको छ, जसअन्तर्गत नेपाली सेनाद्वारा १ हजार १५७ पटक (भदौ २२ गते मात्रै ३९ पटक) हवाई उडान गरिएको छ। त्यस्तै काठमाडौँबाट निजी क्षेत्रमार्फत १२९ पटक र सशस्त्र प्रहरी बल नेपालद्वारा प्रभावित क्षेत्रमा १९३ पटक हेलिकप्टर उडान गरिएको छ।

बाढीमा परी घाइते भएका ६ हजार ६ ७२ जनाको हालसम्म उपचार गरिएको छ। जसमा विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै नेपाली सेनाबाट ३ हजार ३ ७९ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ९ ७० जना घाइतेको उपचार गरिएको छ।

विस्थापितहरूलाई आश्रय दिन ३९ वटा होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ, जहाँ कुल ३ हजार ५ ३३ जना बसोबास गरिरहेका छन्। जसमध्ये रसुवाका ६६९ जना, नुवाकोटका २ हजार ६ ५१ जना र धादिङका २१३ जना रहेका छन्। प्रभावित क्षेत्रमा घाइते तथा विस्थापितहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना मनोसामाजिक परामर्श जनशक्ति परिचालन गरिएको छ।

उद्धार तथा राहत कार्यका लागि कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्। जसमा नेपाल प्रहरीका ७ हजार ९ १२ जना, नेपाली सेनाका ९ हजार २८७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

राहत सामग्री वितरणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। भदौ २१ गते रसुवामा १ वटा हेलिकप्टरमार्फत खाद्यान्न तथा ४ वटा ट्रक (जेनेरेटर, हाइजिन किट र स्टुडेन्ट किट) मार्फत राहत सामग्री ढुवानी गरिएको छ। यसैगरी, नेपाल सरकारले प्रभावित क्षेत्रका लागि नगद राहत रकम समेत पठाएको छ। जसअन्तर्गत रसुवा जिल्लाका लागि रु १ करोड, नुवाकोट जिल्लाका लागि रु १ करोड, धादिङ जिल्लाका लागि रु ५० लाख र प्रभावित १५ वटा पालिकाका लागि रु १३ करोड ५० लाख उपलब्ध गराइएको छ।

प्रतिकूल परिस्थितिका बिच प्रभावित क्षेत्रमा इन्धनको मौज्दात अवस्था सामान्य रहेको छ। हाल ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ भने ४५७ वटा ग्यास सिलिन्डर अनुदानका रूपमा पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनःसञ्चालनको काम पनि तीव्र पारिएको छ। विद्युत आपूर्तितर्फ रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत सुचारु भइसकेको छ। सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा टावर र एनसेलका ७८ मध्ये ७६ वटा टावर सञ्चालनमा आइसकेका छन्।

सम्पर्कविहीन व्यक्तिहरू, उपचाररत व्यक्ति र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?