Skip to main content

Urja Nepal

राहुघंगा हाइड्रोपावर सम्पन्न भएपछि विगत सम्झिदै कुलमान– ‘रुग्ण आयोजनालाई ४० मेगावाटमा विस्तार गरेका थियौं’

Advertisement

Urja Nepal

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनासँग आफ्नो विगतको भूमिकालाई स्मरण गर्दै पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् ।

रघुगंगा हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको खबरले आफूलाई खुसी र गौरवको अनुभूति भएको घिसिङले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

घिसिङका अनुसार नेपाल विद्युत् प्राधिकरणको ११औँ तहमा कार्यरत रहँदा उनले राहुघाट आयोजनाको निर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला विभिन्न कारणले ठेक्का व्यवस्थापनमा समस्या आएर आयोजना रुग्ण अवस्थामा पुगेको उनले स्मरण गरेका छन् ।

उनका अनुसार पुरानो ठेक्का अन्त्य गरेर आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाई ४० मेगावाट पुर्‍याउने निर्णय गरिएको थियो । पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा स्थानीय बासिन्दालाई समेत आयोजनाको सेयर स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले कम्पनी मोडलमा आयोजना निर्माण अघि बढाइएको उनले बताएका छन् ।

भारतीय सरकारको निर्यात–आयात बैंक (एक्जिम बैंक)बाट प्राप्त सहुलियतपूर्ण ऋण अर्थात् ‘लाइन अफ क्रेडिट’ मार्फत आयोजना निर्माण गरिएको घिसिङले उल्लेख गरेका छन् । विभिन्न चुनौती, उतारचढाव र कठिनाइ पार गर्दै आयोजना सम्पन्न भएको भन्दै उनले यसलाई दृढ संकल्प, संस्थागत प्रतिबद्धता र सामूहिक प्रयासको सफल उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

आयोजना निर्माण सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी, स्थानीय समुदाय, लगानीकर्ता, भारतीय सरकार तथा अन्य सरोकारवालालाई घिसिङले धन्यवाद तथा बधाई दिएका छन् ।

राहुघाट जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडमार्फत प्रवद्र्धित आयोजना हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...