२०८३ आश्विन १०
२०८३ आश्विन १०
काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले धाप बाँधको अवस्था नियमित प्राविधिक निगरानी तथा व्यवस्थापनमा रहेकाले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत धाप बाँधको पछिल्लो अवस्थाबारे जानकारी दिँदै बाँधको सुरक्षा तथा आवश्यक पूर्वतयारी निरन्तर भइरहेको बताएका हुन् । उनले धाप बाँधबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलन गरिएको पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले धाप बाँध निर्माण गरिएको हो । यो बाँध ‘कन्क्रिट फेस्ड रकफिल ड्याम’ प्रविधिमा निर्माण गरिएको मन्त्री श्रेष्ठले बताएका छन् । हाल मनसुनका कारण जलाशयमा पानीको बहाव बढिरहेको अवस्थामा बाँधको अवस्था, जलाशयको…