Skip to main content

Urja Nepal

भोटेकोशी बाढीको एक महिना: ७५९ मेगावाटका १३ जलविद्युत् आयोजना प्रभावित

Advertisement

Urja Nepal

काठमाडौं । भदौ १० गते आएको आकस्मिक भोटेकोशी बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले जलविद्युत् आयोजनासहित सडक, पुल, निजी घर, व्यापारिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ ।

बाढीबाट प्रभावित आयोजनाहरूको संरचना तथा पहुँच पूर्वाधारमा भएको क्षतिले पुनर्निर्माण र पुन:स्थापनामा चुनौती थपिएको छ । आयोजनासम्म पुग्ने सडक तथा पुलहरूमा समेत क्षति भएकाले ऊर्जा आयोजनाको पुन:स्थापना अन्य पूर्वाधार पुनर्निर्माणसँगै अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । ३७ मोटरेबल पुलमध्ये ३३ वटा बगेका छन् भने ६८ झोलुङ्गे पुलमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रतर्फ जलविद्युत्बाहेक २४ मेगावाट क्षमताका पाँच सोलार आयोजना पनि प्रभावित भएका छन् ।

समग्रमा बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन छ । पुनर्निर्माण तथा पुन:स्थापनाका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले देखाएको छ ।

बाढीबाट ७ हजार ५७० निजी घर, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । कृषि, पशुपालन, बैंकिङ तथा व्यापारिक क्षेत्रसमेत प्रभावित भएका छन् ।

बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण जारी छ । सुरक्षा निकायका २० हजारभन्दा बढी जनशक्ति परिचालन भएका छन् भने नेपाल रेडक्रसलगायत संस्थाले खानेपानी, स्वास्थ्य, आवास, खाद्य तथा गैरखाद्य सामग्री र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेका छन् ।

जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्निर्माणमा सडक र पुललगायत आधारभूत पूर्वाधारको पुन:स्थापना, आयोजनाको क्षति मूल्यांकन र सुरक्षित संरचना निर्माण मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल...
लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनद...
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्...
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो

काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्र...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...
विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

विद्युत् प्राधिकरणले नयाँ एमडी पाएपछि पहिलो पत्रकार सम्मेलन गर्दै, के छ एजेन्डा ?

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण विद्युतीय संरचनामा पुगेको क्षति तथा विद्युत सेवाको विद्यमान अवस्थाबारे जानकारी द...