Skip to main content

Urja Nepal

Blog

भोटेकोसी बाढीमा परेका जलविद्युत् क्षेत्रका ९०९ जना अझै सम्पर्कविहीन: इप्पान

भोटेकोसी बाढीमा परेका जलविद्युत् क्षेत्रका ९०९ जना अझै सम्पर्कविहीन: इप्पान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रका कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावितमध्ये २८१ मेगावाटका ८ वटा सञ्चालित र ३८८ मेगावाटका ४ वटा निर्माणाधीन आयोजना रहेका छन् । बाढीबाट ११ वटा आयोजना पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै ९०९ जना मानिस सम्पर्कविहीन भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानले) जनाएको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा पुगेको छ । जहाँ बाढीअघि १ हजार ४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ५३८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेहरूमा ९ कोरियन, ३४ चिनियाँ…
Read More
कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको छ । सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनस्र्थापनाको काम अघि बढाइरहेको छ । निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षणका क्रममा आइतबार काठमाडौँबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन सञ्चालन गरिएको थियो । त्यस्तै, चितवनबाट काठमाडौँतर्फ एउटा भारी…
Read More
क्षतिग्रस्त जलविद्युत आयोजनाहरू पुरानै अवस्थामा फर्काउन २ वर्ष लाग्छ: निवर्तमान अध्यक्ष गणेश कार्की

क्षतिग्रस्त जलविद्युत आयोजनाहरू पुरानै अवस्थामा फर्काउन २ वर्ष लाग्छ: निवर्तमान अध्यक्ष गणेश कार्की

काठमाडौं । भोटेकोशी तथा त्रिशूली करिडोरमा हालै आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई पुनर्निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा पुन: जोड्न कम्तीमा दुई वर्ष लाग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का निर्वर्तमान अध्यक्ष तथा ऊर्जा मन्त्रीका सल्लाहकार गणेश कार्कीले बताएका छन् । कार्कीले रेडियो कान्तिपुरसँग कुराकानी गर्दै अकल्पनीय र बाढीको ठूलो स्वरूपका कारण जलविद्युत क्षेत्रमा भौतिक तथा मानवीय क्षति उच्च भएको बताए । कार्कीका अनुसार बाढीले सडक, पुल तथा सुरुङका प्रवेशद्वारहरू पुरेकाले उद्धार तथा भारी उपकरण पुर्‍याउन सुरुका दिनमा निकै चुनौती भएको बताए । भौगोलिक जटिलता र पूर्वाधार ध्वस्त भएकाले चाहेर पनि तत्काल उद्धार कार्य तीव्र पार्न नसकिएको उनले स्पष्ट…
Read More
भोटेकोशी बाढी: ऊर्जा क्षेत्रको पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

भोटेकोशी बाढी: ऊर्जा क्षेत्रको पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजना तथा २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत आयोजनामा क्षति पुगेको देखाएको छ । यी दुइ जिल्लामा कुल ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा अधिक क्षति पुगेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार बाढीबाट ऊर्जा र सडक…
Read More
अवका जलविद्युत् विपद् प्रतिरोधी बन्ने, भत्किएका पूर्वाधार दीर्घकालीन रूपमा ब्युँताइने : उर्जामन्त्री श्रेष्ठ

अवका जलविद्युत् विपद् प्रतिरोधी बन्ने, भत्किएका पूर्वाधार दीर्घकालीन रूपमा ब्युँताइने : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । हालै भोटेकोसी नदीमा आएको विनाशकारी बाढी लगायत मुलुकभर पानीजन्य विपद्ले पुर्‍याएको क्षतिको पुनरुत्थानलाई केवल तात्कालिक टालटुले मर्मतमा सीमित नराखी दीर्घकालीन र उत्थानशील एकीकृत विकासका रूपमा अगाडि बढाउने ऊर्जा मन्त्रालयले संकल्प गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्पछिको क्षतिलाई सुधार्दै आगामी दिनमा जुनसुकै विपद् सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको जानकारी दिएका छन् । भोटेकोशी र देशभरका अन्य जलविद्युत् आयोजनामा पुगेको क्षतिको प्राविधिक विश्लेषण गरी भावी रणनीति तय गर्न ऊर्जा मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, विद्युत् नियमन आयोग, मन्त्रालयका उच्च अधिकारीहरू तथा प्राविधिक विज्ञ टोलीसँगको…
Read More
चिलिमेमा १२० मिटर भित्रबाट आयो इको, फसेका कर्मचारी सकुशल रहेको आशा जगायो : अध्यक्ष घिसिङ

चिलिमेमा १२० मिटर भित्रबाट आयो इको, फसेका कर्मचारी सकुशल रहेको आशा जगायो : अध्यक्ष घिसिङ

काठमाडौं । रसुवा स्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ । पूर्व ऊर्जा मन्त्री तथा विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाली सेनाको बुलावामा प्राविधिक सुझाव, समन्वय र सहजीकरणका लागि आफैँ घटनास्थल पुगेका छन् । सुरुङभित्र करिब १२० मिटर भित्रबाट आवाजको प्रतिध्वनि (इको) सुनिएको र चिसो हावा समेत आइरहेकाले फसेका व्यक्तिहरू सकुशल रहेको आशा र अनुमान बलियो बनेको छ । मुख्य पहुँच सुरुङमा जम्मा भएको ठूलो मात्राको लेदो, बालुवा र ढुंगा हटाउँदै उद्धार टोली निरन्तर अगाडि बढिरहेको छ । अब विद्युतगृह पुग्न करिब १०० मिटर मात्र बाँकी रहेको र स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म बाटो…
Read More
इप्पानले ‘जलवायु उत्थानशील पूर्वाधार’ विषयक फ्राइडे फोरम गर्दै

इप्पानले ‘जलवायु उत्थानशील पूर्वाधार’ विषयक फ्राइडे फोरम गर्दै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आज (भदौ २६, २०८३ / ११ सेप्टेम्बर २०२६) ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा ‘इप्पान फ्राइडे फोरम’ आयोजना गरेको छ । परिवर्तनशील जलवायुमा जलवायु उत्थानशील पूर्वाधार निर्माण र भोटेकोशी बाढीबाट सिकिएका पाठ (Building Climate Resilient Infrastructure in a Changing Climate & Lesson Learns from the Bhotekoshi Flood) विषयमा केन्द्रित रहेर यो कार्यक्रम सञ्चालन हुन लागेको हो । दिउँसो २:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको स्वागत मन्तव्य रहनेछ । कार्यक्रममा भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका तर्फबाट पूर्व अध्यक्ष कृष्ण आचार्य र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अनुभव आदानप्रदान…
Read More
चिलिमे सुरुङ उद्धार: १०५ मिटर भित्रबाट आयो चिसो हावा र प्रतिध्वनि, उद्धार कार्य तीव्र

चिलिमे सुरुङ उद्धार: १०५ मिटर भित्रबाट आयो चिसो हावा र प्रतिध्वनि, उद्धार कार्य तीव्र

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि अवरुद्ध भएको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा महत्त्वपूर्ण सफलता हात परेको छ । आयोजना स्थलमा खटिएका नेपाली सेनाको उद्धार टोलीले सुरुङको करिब १०५ मिटर भित्र प्रवेश गरी खोजतलास गर्दा भित्रबाट चिसो हावाको दोहोरो बहाव भइरहेको र भित्र आवाज पठाउँदा प्रतिध्वनि आएको जानकारी दिएको छ । घटनास्थलमा प्रत्यक्ष रूपमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले सुरुङभित्र जमेको लेदो पन्छाउने कामलाई निरन्तरता दिइरहेका छन् । सुरुङभित्र हावाको दोहोरो बहाव हुनु र भित्रबाट प्रतिध्वनि आउनुले…
Read More
लाइनको तार छुँदा घाइते रश्मीलाई प्राधिकरणको १३ लाख ८१ हजार क्षतिपूर्ति

लाइनको तार छुँदा घाइते रश्मीलाई प्राधिकरणको १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कोटधारामा महेन्द्र राजमार्गमा निर्माणाधीन पक्की पुलको उचाईका कारण ११ केभी प्रसारण लाइनको तार नजिक सोही स्थानमा बसोबास गर्ने टीकाराम जैसीकी ८ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा उक्त…
Read More
मन्त्रीपरिषद्को बैठक बस्ने: बाढी पीडितकाे उद्धार, राहत  र पुनर्स्थापना प्रभावकारी बनाउने निर्णय हुने 

मन्त्रीपरिषद्को बैठक बस्ने: बाढी पीडितकाे उद्धार, राहत  र पुनर्स्थापना प्रभावकारी बनाउने निर्णय हुने 

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीज्यूले उक्त बैठक बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकार  खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुन स्थापनामा निरन्तर जुटिरहेको छ । ​सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत  र पुनर्स्थापना थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
Read More