२०८३ आश्विन २५
२०८३ आश्विन २५
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले बाढी र पहिरोका कारण ५३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको र यसको सही व्यवस्थापन नगरे देशमा पुन: लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । सगरमाथा टेलिभिजनको ’सगरमाथा विशेष’ नामक कार्यक्रमको अन्तर्वार्तामा बोल्दै अध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् । डाँगीका अनुसार भाद्र महिनामा आएको विनाशकारी बाढी–पहिरोले त्रिशूली करिडोर लगायत देशका विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा गम्भीर क्षति पुर्याएको छ । जसका कारण ४३१ मेगावाटका आयोजना पूर्ण रूपमा बन्द हुनुका साथै प्रसारण लाइन ध्वस्त हुँदा थप आयोजनाहरू समेत प्रभावित भएका छन् । अहिले सुक्खायाम (हिउँद) सुरु भइसकेको…