२०८३ कार्तिक २३
२०८३ कार्तिक २३
सुनसरी । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ । धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गरिरहेका छन् । उनी यसै व्यापारबाट तिहार खर्च जुटाउँदै आएका छन् । उनका अनुसार बिहान र साँझ बजारमा ग्राहकको चहलपहल बढी हुन्छ । “दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ ।…