Skip to main content

Urja Nepal

झिलिमिलि बत्ति बेचेर तिहार खर्च जुटाउँदै साना व्यवसायी, सडकमै हुन्छ दैनिक ३० हजारको व्यापार

Advertisement

Urja Nepal

सुनसरी । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गरिरहेका छन् । उनी यसै व्यापारबाट तिहार खर्च जुटाउँदै आएका छन् ।

उनका अनुसार बिहान र साँझ बजारमा ग्राहकको चहलपहल बढी हुन्छ । “दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ । तिहार खर्च यसै व्यापारबाट जुटाउने हो”, उनले भने ।

तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजामा प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका गल्ली र सडकपेटीमा खुलेका अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिइन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।

धरान सब्जीमण्डीका झिलीमिली बत्तीका व्यापारी राजन कोइरालाका अनुसार पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलीमिली बत्तीको माग बढेको छ । “अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरै बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ”, उनले भने ।

अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलीमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता दैनिक ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको कोइरालाले बताए ।

धरानको मुख्य बजार, भानुचोक, सब्जीमण्डी र पुरानो बजारलगायत क्षेत्रमा बत्ती, फूलमाला तथा तिहारका अन्य सामग्री किन्ने र बेच्नेको चहलपहल बढेको छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीडले बजार थप व्यस्त बनेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताए ।

“तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । कहिलेकाहीँ भीडका कारण पसल वरिपरि आवागमन गर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको छ”, उनले भने ।

सडकपेटीमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरी ग्राहक तथा व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको उनले बताए ।

तिहारको समयमा साना व्यापारीले पनि केही दिनको व्यापारबाट आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने खतिवडाको भनाइ छ । बजारमा ग्राहकको चहलपहल बढेसँगै साना व्यापारीमा पनि उत्साह थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

झिलिमिलि बत्ति बेचेर तिहार खर्च जुटाउँदै साना व्यवसायी, सडकमै हुन्छ दैनिक ३० हजारको व्यापार

झिलिमिलि बत्ति बेचेर तिहार खर्च जुटाउँदै साना व्यवसायी, सडकमै हुन्छ दैनिक ३० हजारको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको ...
सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

काठमाडौँ । सरकारले करीब ४ वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाहरूको विद्युत् खरीद सम्झौता (पीपीए) पुनः अघि बढाउने तयारी गरेको छ । ...
तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

तिहार र छठमा विद्युत आपूर्ति नियमित गर्ने विद्युत प्राधिकरणको तयारी के छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन विशेष तयारी गरेको छ । ...
नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...

छुटाउनुभयो कि?

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...