Skip to main content

Urja Nepal

Blog

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्षेत्रमा पुर्‍याएको ठूलो क्षतिपछि यसको पुनर्निर्माण र दीर्घकालीन सुरक्षाका लागि सरकारले विशेष नीतिगत तथा वित्तीय प्याकेज ल्याउनुपर्ने बताएका छन् । अभियान राष्ट्रिय दैनिक अन्तरगतको ’न्यू बिजनेस एज’ को युट्युब च्यानलमा प्रसारित ’अभियान अन्तर्वार्ता’ मा कुराकानी गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङ यस्तो बताएका हुन् । भोटेकोशी तथा आसपासका करिडोरमा जलविद्युत् आयोजना, पहुँचमार्ग र प्रसारण लाइनमा खर्बौ रुपैयाँको पूर्वाधार नष्ट भएकाले लगानीकर्ताको मनोबल बढाउन र आयोजनाहरूलाई पुन: सञ्चालनमा ल्याउन भन्सार छुट, रोयल्टी मिनाहा, पीपीए र लाइसेन्ससम्बन्धी लचिलो नीतिसहितको विशेष प्याकेज घोषणा गर्न…
Read More
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने…
Read More
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहेका कर्मचारीहरू विद्युतगृहमै थुनिएको पूर्वऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् । बाढीका कारण विद्युतगृह जाने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरी सम्पर्क तथा उद्धारको पहुँचबाट समेत टाढिने अवस्था सिर्जना भएको उनले बताए थियो । विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामग्री लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति तथा मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण समयमै उद्धारमा कठिनाइ देखिएको उनले उल्लेख गरेका छन् । यस घटनाबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्तै मर्माहत बनाएको घिसिङले बताएका…
Read More
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरकारसमक्ष विशेष राहत तथा पुनस्र्थापना प्याकेजको माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई भेटेर विशेष कानुन, वित्तीय, प्रशासनिक र नियामकीय छुटसहितको प्रस्ताव बुझाएको हो । इप्पानले बाढीबाट क्षति पुगेका आयोजनाहरूलाई “विशेष महाप्रलय प्रभावित जलविद्युत् आयोजना“ घोषणा गर्न र सञ्चालनमा आउन नसकेका आयोजनाका लागि “विशेष जलविद्युत् पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि, २०८३“ तत्काल जारी गर्न आग्रह गरेको छ । पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक…
Read More
चिलिमे जलविद्युत्को सुरुङमा भेटिएन जीवन, ५ मृतक फेला

चिलिमे जलविद्युत्को सुरुङमा भेटिएन जीवन, ५ मृतक फेला

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् केन्द्रको सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीमा आशा गरिए पनि पाँच जनाको जिवीत भने भेट्न सकिएन । सुरुङमा खोजी गर्ने क्रममा थप दुई जनाको शव भेटिएसँगै फेला परेका मृतकको संख्या पाँच पुगेको छ । नेपाली सेना, प्राविधिकलगायतको संयुक्त टोलीले बुधबार अपराह्न सुरुङभित्र खोजी गर्ने क्रममा थप दुई शव फेला पारेको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिए । यसअघि तीन जनाको शव फेला परिसकेको थियो । पछिल्लो पटक भेटिएका दुई शवसमेत गरी पाँचै शवलाई हेलिकोप्टरमार्फत नुवाकोटको त्रिशूली ल्याइएको छ । फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको महर्जनले बताए ।…
Read More
रसुवा बाढी: चिलिमे सुरुङमा उद्धार टोली १५० मिटरभित्र पुग्यो

रसुवा बाढी: चिलिमे सुरुङमा उद्धार टोली १५० मिटरभित्र पुग्यो

काठमाडौं । रसुवाको चिलिमे क्षेत्रमा उद्धारमा खटिएको टोली सुरुङको करिब १५० मिटरभित्र प्रवेश गरेको छ । त्रिशूली–३ ‘ए’ आयोजनामा प्रयोग गरिएको जस्तै पानीको तीव्र धार प्रयोग गर्ने प्रविधिबाट सुरुङको माथिल्लो भागमा जमेको लेदो पन्छाउँदै उद्धार टोली अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् । उद्धार कार्यमा प्रत्यक्ष संलग्न न्यौपानेका अनुसार सुरुङको माथिल्लो भागमा रहेको लेदो हटाउँदै टोली करिब १५० मिटरभित्र पुगिसकेको हो । उद्धारका लागि खटिएका टोलीले कठिन परिस्थितिमा पनि निरन्तर काम गरिरहेको उनले बताएका छन् । न्यौपानेले उद्धार कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै आज सुखद खबर आउने विश्वाससमेत व्यक्त गरेका छन् ।…
Read More
ऊर्जामन्त्रीले रद्द गरे दक्षिण कोरियाको भ्रमण, कारण के हो ?

ऊर्जामन्त्रीले रद्द गरे दक्षिण कोरियाको भ्रमण, कारण के हो ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुन:स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन् । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको तथा अझै पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु छ । साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुन:स्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई…
Read More
रसुवामा त्यत्रो बाढी आउछ भन्ने हाम्रो १०० वर्ष अध्ययनमा पनि थिएन: इप्पान अध्यक्ष डाँगी

रसुवामा त्यत्रो बाढी आउछ भन्ने हाम्रो १०० वर्ष अध्ययनमा पनि थिएन: इप्पान अध्यक्ष डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले हालै रसुवा तथा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीलाई सामान्य बाढी मात्र नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन् । अर्थ संसारसँगको अन्तर्वार्तामा कुराकानी गर्दै अध्यक्ष डाँगीले जलविद्युत् आयोजनाहरू निर्माण गर्दा नदीमा १०० वर्षसम्म आएको बाढीको स्तर मूल्याङ्कन गरेर संरचनाको डिजाइन गरिने भए तापनि यस पटक सो १०० वर्षको अध्ययनले समेत काम नगरेको बताएका हुन् । हिमाली क्षेत्रमा आइसको पहाड खसेर आएको यो विपत्ति सुनामी सरह रहेको र यसलाई सामान्य बाढी मात्र भन्नु अन्याय हुने उनको भनाइ छ । अन्तर्वार्ताका क्रममा अध्यक्ष डाँगीले रसुवामा ६ र नुवाकोटमा ७ गरी कुल…
Read More
भोटेकोसी बाढी अपडेट: जलविद्युत आयोजनाका कति छन् अझै बेपत्ता ?

भोटेकोसी बाढी अपडेट: जलविद्युत आयोजनाका कति छन् अझै बेपत्ता ?

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् । जसमध्ये ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ११ वटा आयोजनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । माथिल्लो त्रिशूली–१ मा उद्धार कार्य र क्षतिको अवस्था २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेनासहितको टोलीले अडिट नम्बर ३ बाट सुरुङको सर्भे सुरु गरे पनि अत्यधिक डेब्रिज र लेदोका कारण अघि बढ्न कठिन भएको छ । बाँधतर्फको सुरुङसम्म पुग्न ४…
Read More
इप्पानको निवर्तमान अध्यक्ष कार्की ’ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ बाट सम्मानित

इप्पानको निवर्तमान अध्यक्ष कार्की ’ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ बाट सम्मानित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष तथा बीजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्की ’एनर्जी लिडरसिप एक्सेलेन्स अवार्ड २०२६’ (ऊर्जा नेतृत्व उत्कृष्टता पुरस्कार) बाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ’एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ (भोल्युम ७)’ अन्तर्गत ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा आइतबार आयोजित विशेष समारोहका बिच प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको सहभागिता अभिवृद्धि र राष्ट्रिय पूर्वाधार निर्माणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । पुरस्कार प्राप्त गरेपछि खुसी व्यक्त गर्दै कार्कीले सम्मानका लागि आयोजक…
Read More