Skip to main content

Urja Nepal

लाइन मर्मत गर्दा करेन्ट लागी घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

लाइन मर्मत गर्दा करेन्ट लागी घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते कर्मचारीलाई उपचार क्षतिपूर्ति र अन्य क्षतिपूर्तिवापत १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने मेलम्ची नगरपालिका १० आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने ०८२ चैत ११ गते करेन्ट लागेर विद्युत दुर्घटनामा परि घाइते भएका थिए ।…
Read More
’यस्तो प्रलय मैले जीवनमै देखिनँ’: भोटेकोशीको विनाशपछि टनेल विज्ञ डिक्सको डरलाग्दो विश्लेषण

’यस्तो प्रलय मैले जीवनमै देखिनँ’: भोटेकोशीको विनाशपछि टनेल विज्ञ डिक्सको डरलाग्दो विश्लेषण

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरूमा पारेको प्रभाव विश्वमै अत्यन्तै असामान्य र दुर्लभ प्रकृतिको विपत्ति भएको अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डिक्सले आफ्नो लामो अनुभवमा यस्तो अभूतपूर्व प्रलय कहिल्यै नदेखेको र सम्भवत: विश्व इतिहासमै यो पहिलो घटना भएको उल्लेख गरे । बाढीका कारण करिब ७२ किलोमिटर क्षेत्र नराम्ररी प्रभावित भएको र साँघुरा गल्छी तथा भत्किएका पुल–सडकका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उनले बताए । सुरुङभित्र फसेका मानिसहरूको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सका अनुसार…
Read More
भोटेकोशी बाढी: उद्धार र राहतबारे प्रधानमन्त्री शाहले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

भोटेकोशी बाढी: उद्धार र राहतबारे प्रधानमन्त्री शाहले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, खोजी तथा उद्धार, राहत वितरण र घाइतेहरूको उपचार लगायतका समग्र विषयमा विस्तृत ब्रिफिङ लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्रीले यो बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलका क्रममा प्रधानमन्त्री शाहले सर्वप्रथम नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग बाढी प्रभावित क्षेत्रमा भइरहेका कार्यहरूबारे जानकारी लिएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि…
Read More
प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब मौज्दात, प्रभावितका लागि १ अर्ब निकासा

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब मौज्दात, प्रभावितका लागि १ अर्ब निकासा

काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष'मा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। बाढीप्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) ले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम ९ वटा वाणिज्य बैंकमा रहेका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यसैगरी, दुई वटा वाणिज्य बैंकमा रहेका विदेशी…
Read More
चिलिमे सुरुङ उद्धार: अस्थायी सडक सञ्जाल जोडिएपछि २४ सै घण्टा काम थालियो

चिलिमे सुरुङ उद्धार: अस्थायी सडक सञ्जाल जोडिएपछि २४ सै घण्टा काम थालियो

काठमाडाैँ । गत भदौ १० गते आएको अविरल वर्षा र भीषण बाढीले देशका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो भौतिक क्षति पुर्‍याउनुका साथै निर्माणधीन पूर्वाधारहरूमा जोखिम बढाएको छ। सोही बाढी र पहिरोका कारण रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र श्रमिकहरू फस्न पुगेका थिए। बाढीले सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेपछि हालसम्म हेलिकप्टरमार्फत मात्रै आवतजावत तथा उद्धार कार्य सञ्चालन गरिँदै आएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सुरुङ विज्ञ इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आजदेखि उद्धार स्थलसम्म अस्थायी सडक सञ्चालनमा आएको छ, जसले उद्धार प्रयासलाई थप प्रभावकारी बनाएको छ। न्यौपाने स्वयम् उद्धारको प्रत्यक्ष नेतृत्व गर्न सुरुदेखि नै घटनास्थलमा खटिएका छन्। उनले सामाजिक सञ्जाल…
Read More
बीमा बिनै सञ्चालनमा थिए बाढीबाट क्षतिग्रस्त तीन सरकारी जलविद्युत आयोजना

बीमा बिनै सञ्चालनमा थिए बाढीबाट क्षतिग्रस्त तीन सरकारी जलविद्युत आयोजना

काठमाडाैँ । गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भिषण बाढीका कारण ठूलो भौतिक क्षति व्यहोरेका नेपाल विद्युत प्राधिकरणका तीन वटा जलविद्युत आयोजनाहरूको बीमा नै नगरिएको तथ्य बाहिर आएको छ। सरकारी स्वामित्वका यी महत्वपूर्ण आयोजनाहरू प्राकृतिक विपत्तिको उच्च जोखिममा भए तापनि बिना बीमा सञ्चालनमा रहँदा अहिले पुनर्निर्माण र मर्मतसम्भारमा राज्य कोषमाथि अतिरिक्त वित्तीय भार पर्ने देखिएको छ। बाढीका कारण क्षति पुगेका आयोजनाहरूमा नुवाकोटमा अवस्थित २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत आयोजना र सोही जिल्लामा रहेको १४.१ मेगावाटको देवीघाट जलविद्युत आयोजना रहेका छन्। यसैगरी प्राधिकरणको अर्को रणनीतिक मानिएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजनामा पनि बाढीले ठूलो…
Read More
नुवाकोटमा ६० मिटर लामो अस्थायी फलामे पुल जडान तीव्र

नुवाकोटमा ६० मिटर लामो अस्थायी फलामे पुल जडान तीव्र

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको पधानमन्त्री कार्यालयले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुन: सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो । ​साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको कार्यलयले जनाएको छ । तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम भोलिसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । ​यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो ।…
Read More
रसुवा बाढी: खोज, उद्धार तथा राहत कार्य तीव्र, मानवीय क्षति १,३५७ पुग्यो

रसुवा बाढी: खोज, उद्धार तथा राहत कार्य तीव्र, मानवीय क्षति १,३५७ पुग्यो

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढीका कारण हालसम्म १,३५७ जनाको मानवीय क्षति भएको छ। जसमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म १०२ वटा शवको सनाखत भई आफन्तले बुझिलिएका छन्। प्राधिकरणले डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित नमुना दिन सकिने व्यवस्था मिलाएको छ।…
Read More
सर्वोत्तम र जगदम्बा सिमेन्ट दिए उद्धार कोषमा १ करोड ११ लाख सहयोग

सर्वोत्तम र जगदम्बा सिमेन्ट दिए उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी र कम्पनी सचिव कमल कुमार भारतीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको…
Read More
अर्थमन्त्री वाग्लेले पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री वाग्लेले पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै वाग्लेले यस्तो निर्देशन दिएका हुन् । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए । सथमा भने सरकरका प्रवक्ता तथा शिर्षमन्त्री सस्मित पोखरेल समेत थिए ।
Read More