Skip to main content

Urja Nepal

नेपाल–भारत जलस्रोत सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल

नेपाल–भारत जलस्रोत सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल

काठमाडौं । नेपाल र भारतबीचको जलस्रोत तथा ऊर्जा सहकार्यलाई थप सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा उच्चस्तरीय छलफल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारत सरकारको जल शक्ति मन्त्रालयकी सचिव अर्चना वर्मालगायत जलस्रोत तथा ऊर्जा क्षेत्रका उच्च अधिकारीबीच भएको छलफलमा द्विपक्षीय जलस्रोत सहकार्यका विभिन्न विषयमा विचारविमर्श भएको हो । छलफलमा भारतले जल संरक्षण, नदी पुनर्जीवन तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा अघि बढाएका ‘जल शक्ति अभियान–क्याच द रेन’ र ‘रिजुभिनेसन अफ गंगा’ लगायतका कार्यक्रमबाट नेपालले लिन सक्ने सिकाइ र अनुभवबारे विशेष छलफल भएको मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत नेपाल–भारत जलस्रोत सहकार्यका…
Read More
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

म्याग्दी । राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुन: विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो । आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिए । आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । हालै निर्माण सम्पन्न…
Read More
‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो । विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य शाहीले बताए । उनका अनुसार अब डिजिटल भुक्तानी गर्ने ग्राहकले कुल दुई दशमलव पाँच प्रतिशत छुट प्राप्त गर्नेछन् । पहिलो चरणमा…
Read More
हाइड्रोमा लगातार दबाब, एक सातामै ७६ अंकले घट्यो परिसूचक

हाइड्रोमा लगातार दबाब, एक सातामै ७६ अंकले घट्यो परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत् कम्पनीहरूको कारोबार समेट्ने हाइड्रो समूहको परिसूचक एक सातामै ७६.७८ अंकले घटेको छ । पछिल्लो साता हाइड्रो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण कमजोर देखिँदा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा झरेको हो । अघिल्लो साता असोज ९ गते हाइड्रो समूहको परिसूचक ३ हजार ६०३.४१ विन्दुमा बन्द भएको थियो । त्यसपछि पछिल्लो कारोबार साताको शुक्रबारसम्म आइपुग्दा परिसूचक ३ हजार ५२६.६३ विन्दुमा आएको हो । यसरी हेर्दा एक साताको अवधिमा हाइड्रो समूहले ७६.७८ अंक अर्थात् करिब २.१३ प्रतिशत गुमाएको छ । पछिल्लो साता हाइड्रो समूहले पाँच कारोबार दिनमध्ये तीन दिन गिरावट बेहोरेको छ भने दुई दिन मात्रै…
Read More
पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित

पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ७ पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् । कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी…
Read More
बागलुङको गलकोट नगरपालिकामा दैवी विपत्तिले ६३ घरमा क्षति

बागलुङको गलकोट नगरपालिकामा दैवी विपत्तिले ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।
Read More
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय प्रसारण लाइनलाई बलियो बनाउने उद्देश्यका साथ निर्माणाधीन प्रसारण लाइनको काम समयमै सम्पन्न गर्न उत्पन्न भएका अवरोध हटाउन पहल लिएका हुन् । मन्त्रालयले बिहीबार निर्माणाधीन १२ वटा प्रसारण लाइन परियोजनाका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ लिएको छ । परियोजना प्रमुखहरुले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पोल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए । ‘निर्माणाधीन प्रसारण लाइनको अवस्था के कस्तो छ र तत्काल…
Read More
बाढीले म्याग्दीको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

बाढीले म्याग्दीको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवद्र्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या…
Read More
बाढीपहिराले ऊर्जा क्षेत्रमा करिब ७४ अर्बको क्षति, २ वर्षभित्र पुनर्निर्माण सम्भव: इप्पान निवर्तमान अध्यक्ष कार्की

बाढीपहिराले ऊर्जा क्षेत्रमा करिब ७४ अर्बको क्षति, २ वर्षभित्र पुनर्निर्माण सम्भव: इप्पान निवर्तमान अध्यक्ष कार्की

काठमाडौं । हालै परेको अविरल वर्षासँगै भोटेकोशीलगायतका नदीमा आएको भीषण बाढीपहिराले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपहिराका कारण ऊर्जा क्षेत्रमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले बताएका छन् । एपी वान टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘एपी टक टाइम’मा प्रस्तोता निराजन भण्डारीसँग कुराकानी गर्दै कार्कीले नेपाल विद्युत् प्राधिकरणको तथ्यांक उद्धृत गर्दै प्राकृतिक विपद्का कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिएका हुन् । बाढीपहिराले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुर्‍याउनुका साथै प्रणालीबाट ठूलो परिमाणमा विद्युत् बाहिरिएको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको निजी विज्ञ सल्लाहकार समेत रहेका…
Read More
ललितपुरका मेयर र प्राधिकरणका कार्यकारी निर्देशकको भेट, तार व्यवस्थापनको विषयमा छलफल

ललितपुरका मेयर र प्राधिकरणका कार्यकारी निर्देशकको भेट, तार व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठबीच भनेट भएको छ । उनीहरुबीच अव्यवस्थित तारको व्यवस्थापनसहित विभिन्न विषयमा छलफल भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुर महानगरपालिकाको प्रमुखको कार्यकक्षमा भएको भेटमा स्मार्ट सडक बत्ती, विद्युतीय सवारी चार्जिङ स्टेसन, अव्यवस्थित तारको व्यवस्थापन तथा भूमिगत विद्युत वितरण प्रणालीलगायतका विषयमा छलफल भएको हो । भेटमा प्राधिकरणका निर्देशक श्रीराम पोखरेललगायतका अधिकारीहरूको समेत सहभागिता रहेको प्राधिकरणले जनाएको छ । छलफलका क्रममा यी क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले प्राधिकरणबाट सञ्चालन भइरहेका भूमिगत विद्युत प्रणालीसम्बन्धी…
Read More