Skip to main content

Urja Nepal

बाढीले सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन रोकियो, प्रसारण लाइनमा क्षति

बाढीले सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन रोकियो, प्रसारण लाइनमा क्षति

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण सेवा अवरुद्ध भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडका अनुसार असोज ९ गते आएको बाढीले आयोजनाका विभिन्न संरचनासँगै विद्युत प्रसारण लाइनमा क्षति पुर्‍याएपछि विद्युत उत्पादन बन्द भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म जोडिएको ३३ केभी प्रसारण लाइनका पोल र तारमा बाढीले क्षति पुर्‍याएको छ । यही क्षतिका कारण असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन र प्रसारण हुन सकेको छैन । यसैबीच, असोज १० गते राति ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका…
Read More
लमजुङको बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

लमजुङको बेँसीसहर–चामे सडक सञ्चालन गर्न १० दिन लाग्ने अनुमान

लमजुङ । पछिल्लो चार दिनको निरन्तरको वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार उक्त सडक मुख्य रुपमा तीन स्थानमा बढी क्षति पुगेको छ । त्यसबाहेक पनि विभिन्न स्थानमा साना–ठूला गरी दर्जनौँ पहिराले सडकमा क्षति पुगेको छ । कतिपय ठाउँमा सडक भासिएको छ भने केही स्थानमा नदीले सडक कटान गरेको छ । “अहिले धेरै ठाउँमा सडकमा क्षति पुगेको छ”, उनले भने, “पूर्ण रुपमा सञ्चालनमा ल्याउन कम्तीमा हप्ता दिन लाग्न सक्छ ।” उनका…
Read More
कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुन: सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो । विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए । “कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,” उनले भने, “अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।” प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १०:०० बजेदेखि उत्पादन…
Read More
बाढीपहिरोले विद्युत् वितरण संरचनामा क्षति, कुनमा कस्तो ?

बाढीपहिरोले विद्युत् वितरण संरचनामा क्षति, कुनमा कस्तो ?

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको छ । बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर…
Read More
कालीगण्डकीले पोखरेबगरको पुल बगायो

कालीगण्डकीले पोखरेबगरको पुल बगायो

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् । यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।
Read More
धाप बाँधको मुख्य संरचनामा सामान्य, आत्तिनुपर्ने अवस्था छैन: उर्जामन्त्री श्रेष्ठ

धाप बाँधको मुख्य संरचनामा सामान्य, आत्तिनुपर्ने अवस्था छैन: उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले धाप बाँधको अवस्था नियमित प्राविधिक निगरानी तथा व्यवस्थापनमा रहेकाले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत धाप बाँधको पछिल्लो अवस्थाबारे जानकारी दिँदै बाँधको सुरक्षा तथा आवश्यक पूर्वतयारी निरन्तर भइरहेको बताएका हुन् । उनले धाप बाँधबारे आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलन गरिएको पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले धाप बाँध निर्माण गरिएको हो । यो बाँध ‘कन्क्रिट फेस्ड रकफिल ड्याम’ प्रविधिमा निर्माण गरिएको मन्त्री श्रेष्ठले बताएका छन् । हाल मनसुनका कारण जलाशयमा पानीको बहाव बढिरहेको अवस्थामा बाँधको अवस्था, जलाशयको…
Read More
बाढी र पहिरोले शुक्रबार साँझदेखि बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बाढी र पहिरोले शुक्रबार साँझदेखि बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरूद्व भएको छ । कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो । यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईंले पानी निरन्तर परिरहेकाले…
Read More
भोटेकोशी बाढीको एक महिना: ७५९ मेगावाटका १३ जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीको एक महिना: ७५९ मेगावाटका १३ जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । भदौ १० गते आएको आकस्मिक भोटेकोशी बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले जलविद्युत् आयोजनासहित सडक, पुल, निजी घर, व्यापारिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । बाढीबाट प्रभावित आयोजनाहरूको संरचना तथा पहुँच पूर्वाधारमा भएको क्षतिले पुनर्निर्माण र पुन:स्थापनामा चुनौती थपिएको छ । आयोजनासम्म पुग्ने सडक तथा पुलहरूमा समेत क्षति भएकाले ऊर्जा आयोजनाको पुन:स्थापना अन्य पूर्वाधार पुनर्निर्माणसँगै अघि बढाउनुपर्ने अवस्था देखिएको छ । प्राधिकरणका अनुसार बाढीबाट ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । ३७ मोटरेबल पुलमध्ये ३३ वटा बगेका छन् भने…
Read More
इप्पानसँगको छलफलमा गगन थापा: ऊर्जा आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता

इप्पानसँगको छलफलमा गगन थापा: ऊर्जा आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा आयोजना निर्माणमा स्थानीय तह तथा राजनीतिक दलका नेता–कार्यकर्ताबाट हुने अवरोध अन्त्य गर्न माग गरेको छ । इप्पानसँगको छलफलमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससम्बद्ध स्थानीय तह वा कार्यकर्ताबाट कानुनसम्मत रूपमा निर्माण भइरहेका ऊर्जा आयोजनामा अवरोध भए पार्टीको संस्थागत संयन्त्रमार्फत उजुरी लिने र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक दलहरूसँग ऊर्जा क्षेत्रका समस्या तथा नीतिगत विषयमा छलफल गर्ने क्रममा इप्पानको प्रतिनिधिमण्डलले बिहीबार सभापति थापासँग भेट गरेको हो । इप्पानका पदाधिकारीहरूले जलविद्युत् आयोजनामा स्थानीय समुदाय तथा राजनीतिक पहुँचका आधारमा हुने अनावश्यक माग, निर्माण सामग्री तथा उपकरण ढुवानीमा अवरोध, बाटो…
Read More
कार्यकारी निर्देशक श्रेष्ठले भरपर्दो र दिगो विद्युत प्रणाली निर्माणमा जोड दिए

कार्यकारी निर्देशक श्रेष्ठले भरपर्दो र दिगो विद्युत प्रणाली निर्माणमा जोड दिए

काठमाडौं । नेपाल विद्युत क्षेत्र अब विद्युत उत्पादन विस्तारमा मात्र केन्द्रित नभई भरपर्दो, गुणस्तरीय, सुरक्षित र दिगो विद्युत प्रणाली निर्माणतर्फ अघि बढ्नुपर्नेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जोड दिएका छन् । उनले उत्पादित विद्युतलाई प्रभावकारी रूपमा उपभोक्तासम्म पुर्‍याउनुका साथै भविष्यको विद्युत माग धान्न सक्ने प्रणाली विकास गर्नुपर्ने बताएका हुन् । आइइइइ पावर एन्ड इनर्जी सोसाइटी नेपाल च्याप्टरको आयोजनामा भएको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन अन सस्टेनेबल पावर एन्ड इनर्जी सिस्टम्स (एसपिइएस २०२६) को उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले नेपालको विद्युत क्षेत्रको अबको चुनौती उत्पादनको मात्रा बढाउनु मात्र नभएको बताए । उनले उत्पादित विद्युतलाई कति…
Read More