२०८३ भाद्र २४
२०८३ भाद्र २४
काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको पधानमन्त्री कार्यालयले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुन: सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो । साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको कार्यलयले जनाएको छ । तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम भोलिसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो ।…