Skip to main content

Urja Nepal

बाढीले पुर्‍याएको क्षति देखेर स्तब्ध भएँ: चन्द्र ढकाल

बाढीले पुर्‍याएको क्षति देखेर स्तब्ध भएँ: चन्द्र ढकाल

काठमाडाैं । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका क्रममा कालीगण्डकी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । ढकालले बाढीबाट सडक, पुल, स्थानीय बस्ती तथा जनजीवनमा परेको असर हृदयविदारक रहेको बताएका छन् । बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक र स्तब्ध बनेको उल्लेख गर्दै उनले विपद्का बेला मानवीय प्रयासको महत्त्व पनि उजागर भएको बताएका छन् । यद्यपि, बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आशा जागेको उनको भनाइ छ । विशेषगरी…
Read More
बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए । गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो । दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा…
Read More
बुढीगण्डकी बाढी: आरूघाटमा रातिसम्म विद्युत् जोड्ने प्रयास

बुढीगण्डकी बाढी: आरूघाटमा रातिसम्म विद्युत् जोड्ने प्रयास

काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्न गोरखामा मर्मत तथा पुन:स्थापनाको काम तीव्र पारिएको छ । आरूघाट गाउँपालिकाका बाँकी क्षेत्रमा आज रातिसम्म विद्युत् सेवा सञ्चालन गर्ने प्रयास भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आरूघाट गाउँपालिका–३ स्थित केउरपानी र ढुंगेमा थप दुई वटा ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको आरूघाट वितरण केन्द्रका अनुसार आरूघाट गाउँपालिका–३ का सोती, लिदिङ र स्यामराङका तीन वटा ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ । अन्य क्षेत्रमा भने विद्युत् सेवा सञ्चालनमा आइसकेको छ । सडक अवरुद्ध हुँदा मर्मत कार्य…
Read More
हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने, कस्ले दिन पाउँछ आवेदन ?

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्ने, कस्ले दिन पाउँछ आवेदन ?

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ। यसमध्ये ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ । उक्त हिस्साबाट १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये दोलखाको…
Read More
दुर्गा पक्षको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्षको दोस्रो दिन: ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक…
Read More
म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम…
Read More
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु…
Read More
बूढीगण्डकी बाढी: ३ हाइड्रो पावरमा क्षर्ति, १०० बढी घरहरू बगे

बूढीगण्डकी बाढी: ३ हाइड्रो पावरमा क्षर्ति, १०० बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४:०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गिलुङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाइ छ । उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत…
Read More
बूढीगण्डकी बाढी: सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

बूढीगण्डकी बाढी: सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा । चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन्भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।
Read More
५३० मेगावाट विद्युत् बन्द छ, सही व्यवस्थापन गरिएन भने देशमा लोडसेडिङ हुन्छ: इप्पान अध्यक्ष डाँगी

५३० मेगावाट विद्युत् बन्द छ, सही व्यवस्थापन गरिएन भने देशमा लोडसेडिङ हुन्छ: इप्पान अध्यक्ष डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले बाढी र पहिरोका कारण ५३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको र यसको सही व्यवस्थापन नगरे देशमा पुन: लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । सगरमाथा टेलिभिजनको ’सगरमाथा विशेष’ नामक कार्यक्रमको अन्तर्वार्तामा बोल्दै अध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् । डाँगीका अनुसार भाद्र महिनामा आएको विनाशकारी बाढी–पहिरोले त्रिशूली करिडोर लगायत देशका विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा गम्भीर क्षति पुर्‍याएको छ । जसका कारण ४३१ मेगावाटका आयोजना पूर्ण रूपमा बन्द हुनुका साथै प्रसारण लाइन ध्वस्त हुँदा थप आयोजनाहरू समेत प्रभावित भएका छन् । अहिले सुक्खायाम (हिउँद) सुरु भइसकेको…
Read More