२०८३ आश्विन १२
२०८३ आश्विन १२
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण सेवा अवरुद्ध भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडका अनुसार असोज ९ गते आएको बाढीले आयोजनाका विभिन्न संरचनासँगै विद्युत प्रसारण लाइनमा क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म जोडिएको ३३ केभी प्रसारण लाइनका पोल र तारमा बाढीले क्षति पुर्याएको छ । यही क्षतिका कारण असोज ९ गते राति ११ बजेदेखि आयोजनाबाट विद्युत उत्पादन र प्रसारण हुन सकेको छैन । यसैबीच, असोज १० गते राति ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका…