२०८३ कार्तिक १२
२०८३ कार्तिक १२
काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम देखिएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पूर्वानुमानअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेकाले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काटिसकेको भए कार्तिक १२ गतेअघि नै भित्र्याउन…