Skip to main content

Urja Nepal

वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगन्ज भन्सारबाट एक महिनामा २६ अर्ब ७२ करोड रनजस्व संकलन, लक्ष्यभन्दा बढी

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले रु २६ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै रु दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट रु एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट रु एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट रु ५० करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार…
Read More
‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले तीन दिन भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण आगामी कार्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी र हिमपातको जोखिम देखिएको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पूर्वानुमानअनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत उच्च जोखिम रहेकाले जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानलाई धानबाली काटिसकेको भए कार्तिक १२ गतेअघि नै भित्र्याउन…
Read More
विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । इप्पानले मंगलबार (कात्तिक १० गते) विज्ञप्ती जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गरेको निर्णय प्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै यस्तो माग राखेको हो । इप्पानले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिनुपर्ने दुई दशकभन्दा लामो समयदेखिको मागतर्फ सरकारको यो निर्णय महत्त्वपूर्ण सुरुवात भएको जनाएको छ । यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई पहिलोपटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र…
Read More
एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री श्रेष्ठ बैंककमा

बैंकक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक आइपगेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक आइपेका हुन् । बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।…
Read More
शुक्लाफाँटामा पर्यटक बढे, १३ दिनमै ६०० ले गरे अवलोकन

शुक्लाफाँटामा पर्यटक बढे, १३ दिनमै ६०० ले गरे अवलोकन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिए । करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित छ । त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज…
Read More
प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात रु १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ ।
Read More
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालू आवको भदौको तुलनामा निर्यात आम्दानी बढेको हो । प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो । यस वर्षको असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको हो । त्यस्तै, चालू आवको भदौमा भएको ५…
Read More
सकियो दसैं आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा आराधना सम्पन्न

सकियो दसैं आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजा आराधना सम्पन्न

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजइतबारदेखि १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आइतबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आइतबारै…
Read More
‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित, ‘पैसा लेनदेन गर्न पनि समस्या’

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित, ‘पैसा लेनदेन गर्न पनि समस्या’

हुम्ला । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए । टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले…
Read More
कोशी आर्थिक अध्ययन: ९७७ मेगावाट जलविद्युत् क्षमता, सात आयोजना थपिए

कोशी आर्थिक अध्ययन: ९७७ मेगावाट जलविद्युत् क्षमता, सात आयोजना थपिए

काठमाडौै । ऊर्जा उत्पादन र पूर्वाधार विकास कोशी प्रदेशका महत्त्वपूर्ण सम्भावनाका क्षेत्र हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार अध्ययनमा समेटिएका काेशी प्रदेशमा सञ्चालित जलविद्युत् आयोजनाहरूको कुल जडित क्षमता ९७७.२ मेगावाट पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा २०६.२ मेगावाट क्षमताका सात जलविद्युत् आयोजना सम्पन्न भएका छन्। यससँगै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना, कोशी कोरिडोर प्रसारण लाइन, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गजस्ता राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजना निर्माणाधीन छन्। जलविद्युत् उत्पादन र प्रसारण पूर्वाधारको विस्तारले उद्योग सञ्चालनका लागि आवश्यक ऊर्जा उपलब्ध गराउन तथा औद्योगिक गतिविधि विस्तार…
Read More