Skip to main content

Urja Nepal

लक्ष्मीपूजाको विद्युत माग गतवर्षभन्दा ३ प्रतिशत मात्र वृद्धि, उपत्यकाबाहेक देशभरको माग घट्यो

Advertisement

Urja Nepal

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा १८१३ मेगावाट मात्र विद्युत् माग पुगेको छ । यो गत वर्षको लक्ष्मी पूजा भन्दा ३.९० प्रतिशत मात्र बढी हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको साँझ ६ बजेर १५ मिनेटमा प्रणालीको उच्चतम माग (पिक लोड) १८१३ मेगावाट पुगेको हो । गत वर्ष लक्ष्मी पूजाको साँझ उच्चतम विद्युत माग १७४५ मेगावाट पुगेको थियो ।

आन्तरिक उत्पादन र निर्यात पनि घट्यो

यो वर्ष लक्ष्मी पूजाको दिन देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ४००.३० मेगावाट रहेको थियो । गत वर्षको लक्ष्मीपूजाको विद्युत उत्पादन भने २७६० मेगावाट रहेको थियो । यो वर्षको कुल उत्पादन ३६० मेगावाटले कम हो ।

त्यस्तै यो वर्ष लक्ष्मीपूजाको दिन आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

गत वर्ष लक्ष्मीपूजाको दिन भने १०१५ मेगावाट विद्युत निर्यात भएको थियो । यो वर्ष निर्यात भएको परिमाण गत वर्षको भन्दा ४२८ मेगावाट कम हो ।

प्राधिकरणका अनुसार पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट १५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही (आरओआर र पीआरओआर) आयोजनाबाट ३४२.३० मेगावाट र स्टोरेज आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन गरिएको थियो ।

लक्ष्मीपूजाको दिन विद्युत् प्रणालीमा कुनै अवरोध (पावर इन्टरप्सन) नभएको पनि प्राधिकरणले जनाएको छ ।

उपत्यकाको माग बढ्यो, उपत्यका बाहिर घट्यो

लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो गत वर्षको तुलनामा ८७ मेगावाट बढी हो । गत वर्ष उपत्यकामा ४०२ मेगावाट मात्र माग पुगेको थियो ।

तर, उपत्यकाबाहेक देशका अरु स्थानको विद्युत माग भने १९ मेगावाटले घटेको छ । गत वर्ष उपत्यका बाहेक देशका अरु ठाउँको विद्युत माग १३४३ मेगावाट रहेकोमा यो वर्ष १३२४ मेगावाटमा सिमित भएको छ ।

नेपालमा भोटेकोशी बाढीले विद्युत प्राधिकरणका आयोजनामा क्षति भएपछि भारत र बंगलादेश तर्फको निर्यात भने ४२८ मेगावाट भन्दा बढीले घट्नुका साथै कुल उत्पादन पनि ३६० मेगावाटले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खबर

लक्ष्मीपूजाको विद्युत माग गतवर्षभन्दा ३ प्रतिशत मात्र वृद्धि, उपत्यकाबाहेक देशभरको माग घट्यो

लक्ष्मीपूजाको विद्युत माग गतवर्षभन्दा ३ प्रतिशत मात्र वृद्धि, उपत्यकाबाहेक देशभरको माग घट्यो

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा १८१३ मेगावाट मात्र विद्युत् माग पुगेको छ । यो गत वर्षको लक्ष्मी प...
भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति, पुर्नस्थापनामा दोब्बर खर्च लाग्ने

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति, पुर्नस्थापनामा दोब्बर खर्च लाग्ने

काठमाडौं । १० भदौमा आएको भोटेकोशी बाढीका कारण ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्ब बराबर क्षति पुगेको पाइएको छ । राष्ट्रिय योजना आयोग...
झिलिमिलि बत्ति बेचेर तिहार खर्च जुटाउँदै साना व्यवसायी, सडकमै हुन्छ दैनिक ३० हजारको व्यापार

झिलिमिलि बत्ति बेचेर तिहार खर्च जुटाउँदै साना व्यवसायी, सडकमै हुन्छ दैनिक ३० हजारको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको ...
सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

सरकारी आयोजनाको पहिले पीपीए खुलाउने तयारी : जलाशययुक्त आयोजनामै विभेद गरेपछि निजी क्षेत्र सशंकित

काठमाडौँ । सरकारले करीब ४ वर्षदेखि रोकिएको जलविद्युत् आयोजनाहरूको विद्युत् खरीद सम्झौता (पीपीए) पुनः अघि बढाउने तयारी गरेको छ । ...

छुटाउनुभयो कि?

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

नेपाल पूर्वाधार सम्मेलनमा सरकारको तर्फबाट २३ आयोजना सोकेस गरिने, सबैभन्दा धेरै ऊर्जा र पूर्वाधारका

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलन २०२६ मा प्रस्तुत गरिने २३ ओटा परियोजनाको सूची तयार भएको छ । विभिन्न मन्त्रालय र सरकारी कम्पनीका...
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी, बंगलादेशतर्फ निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरेर ५ अर्ब ९२ करोड ५० ला...
प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

प्रधानमन्त्री बालेनलाई इप्पानले बुझायो जलविद्युत र ऊर्जा क्षेत्र सुधारका नीतिगत सुझाव, के छ सुझावमा ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले देशको ऊर्जा क्षेत्रमा देखिएका कानुनी, प्रशासनिक तथा नीतिगत समस्य...
म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको २२० केभी दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्...