२०८३ भाद्र २१
२०८३ भाद्र २१
काठमाडौं । रसुवाको भोटेकोसीमा गत भदौ १० गते गएको बाढीका कारण १३० अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बताएका छन् । डाँगीले बजारको चिरफारलाई दिएको अन्तरवार्तामा बन्दै गरेको समेत गरेर ६५० मेघावट आयोजनामा क्षति भएको बताए । ‘अहिले बैंकहरुले सहज तरिकाले लगानी गर्ने भनेको २० करोड रुपैयाँ प्रति मेघावट हो’, डाँगीले चिरफारलाई दिएको अन्तरवार्तामा भनेको छन्, ‘६५० मेघावटलाई २० करोडले मान्दा पनि १३० अर्ब रुपैयाँ भयो नि ।’ डाँगीका अनुसार जलविद्युत् क्षेत्रमा हुने बिमा दाबी, बैंकको लगानी सुरक्षा र निर्माणाधीन आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । जलवायु परिवर्तनका कारण…