२०८३ कार्तिक १४
२०८३ कार्तिक १४
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौनमा निर्माण गरिएको १३२/३३ केभी सबस्टेसन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । निर्धारित समयभन्दा झण्डै दुई वर्ष पछाडि धकेलिएको आयोजना निर्माण सम्पन्न भएसँगै अहिले चार्जिङ प्रक्रियामा प्रवेश गरेको हो । सबस्टेसनसँगै त्यसलाई जोड्ने ३३ केभी सब–ट्रान्समिसन लाइनको कामसमेत पूरा भएको छ। यस आयोजनाले मोरङको केरौन, रङ्गेली र विराटचोक आसपासको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना निर्माणका लागि १० नोभेम्बर २०२१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार १० नोभेम्बर २०२३ सम्म निर्माण सक्नुपर्ने भए पनि तोकिएको अवधिमा काम पूरा हुन सकेन । निर्माणमा निरन्तर ढिलाइ भएपछि आयोजनाको…