२०८३ आश्विन १०
२०८३ आश्विन १०
काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनासँग आफ्नो विगतको भूमिकालाई स्मरण गर्दै पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् । रघुगंगा हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको खबरले आफूलाई खुसी र गौरवको अनुभूति भएको घिसिङले सामाजिक सञ्जालमार्फत बताएका छन् । घिसिङका अनुसार नेपाल विद्युत् प्राधिकरणको ११औँ तहमा कार्यरत रहँदा उनले राहुघाट आयोजनाको निर्देशकको जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला विभिन्न कारणले ठेक्का व्यवस्थापनमा समस्या आएर आयोजना रुग्ण अवस्थामा पुगेको उनले स्मरण गरेका छन् । उनका अनुसार पुरानो ठेक्का अन्त्य गरेर आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाई ४० मेगावाट…