२०८३ आश्विन ४
२०८३ आश्विन ४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा भारत र बंगलादेशमा गरी ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् बिक्री गरेको छ । प्राधिकरणका अनुसार भदौमा दुई देशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो । नेपालले द्विपक्षीय सम्झौता तथा विद्युत् एक्सचेन्ज बजारमार्फत विद्युत् बिक्री गर्दै आएको छ । भदौ महिनामा द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात भएको छ । यसबाट प्राधिकरणले ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ । त्यस्तै, एक्सचेन्ज बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरिएको छ ।…