२०८३ आश्विन १०
२०८३ आश्विन १०
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा आयोजना निर्माणमा स्थानीय तह तथा राजनीतिक दलका नेता–कार्यकर्ताबाट हुने अवरोध अन्त्य गर्न माग गरेको छ । इप्पानसँगको छलफलमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससम्बद्ध स्थानीय तह वा कार्यकर्ताबाट कानुनसम्मत रूपमा निर्माण भइरहेका ऊर्जा आयोजनामा अवरोध भए पार्टीको संस्थागत संयन्त्रमार्फत उजुरी लिने र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । राजनीतिक दलहरूसँग ऊर्जा क्षेत्रका समस्या तथा नीतिगत विषयमा छलफल गर्ने क्रममा इप्पानको प्रतिनिधिमण्डलले बिहीबार सभापति थापासँग भेट गरेको हो । इप्पानका पदाधिकारीहरूले जलविद्युत् आयोजनामा स्थानीय समुदाय तथा राजनीतिक पहुँचका आधारमा हुने अनावश्यक माग, निर्माण सामग्री तथा उपकरण ढुवानीमा अवरोध, बाटो…