२०८३ आश्विन १५
२०८३ आश्विन १५
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठबीच भनेट भएको छ । उनीहरुबीच अव्यवस्थित तारको व्यवस्थापनसहित विभिन्न विषयमा छलफल भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुर महानगरपालिकाको प्रमुखको कार्यकक्षमा भएको भेटमा स्मार्ट सडक बत्ती, विद्युतीय सवारी चार्जिङ स्टेसन, अव्यवस्थित तारको व्यवस्थापन तथा भूमिगत विद्युत वितरण प्रणालीलगायतका विषयमा छलफल भएको हो । भेटमा प्राधिकरणका निर्देशक श्रीराम पोखरेललगायतका अधिकारीहरूको समेत सहभागिता रहेको प्राधिकरणले जनाएको छ । छलफलका क्रममा यी क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले प्राधिकरणबाट सञ्चालन भइरहेका भूमिगत विद्युत प्रणालीसम्बन्धी…