Skip to main content

Urja Nepal

रसुवाको जलविद्युत् आयोजनामा सुरुङमा भेटियो २ शव

रसुवाको जलविद्युत् आयोजनामा सुरुङमा भेटियो २ शव

काठमाडौ । रसुवा लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव बाहिर निकालिएको छ । खोजी तथा उद्धारमा खटिएको नेपाली सेना उक्त शव निकालेको आयोजनाका प्रबन्धक विजयमान भट्टराईले बताए । अहिले हाइड्रो–मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब १ सय ५० मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको छ । सोही खोजिको क्रममा दुइ सव भेटेको हो । २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा खटिएका ४१ जना सम्पर्कविहीन छन् । बुधबार सुरुङको १ सय ५० मिटरभित्र पुगेर खोजी कार्य गरिएको थियो ।
Read More
बाढीले प्रवावित नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुरु

बाढीले प्रवावित नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति सुरु

बाढीले प्रवावित नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति फेरी सञ्चालनमा आएको छ । गत भदौ १० गते भएको बोटेकोसीको बाढीले नुवाकोटमा विद्युत आपूर्ति अबरोध भएको थियो । नुवाकोटको चपली(देवीघाट दायाँ सर्किट चार्ज भएपछि जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको हो। चपली(देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर(६, विदुर(१२ को बाँकी क्षेत्र, विदुर(३ को करिब आधा क्षेत्र, तारकेश्वर गाउँपालिकाका वडा नं। १, ५ र ६ तथा वडा नं। २ र ३, बेलकोटगढी(७ लगायतका क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालनमा आएको छ। यस क्रममा थप ३१ ओटा ट्रान्सफर्मर समेत चार्ज गरिएको प्राधिकरणले जनाएको छ।
Read More
माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धार गर्न टोली परिचालन

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धार गर्न टोली परिचालन

काठमाडौं । रसुवामा अवस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका कर्मचारी तथा श्रमिकहरूको तीव्र खोजी एवम् उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणले विशेष टोलीहरू परिचालन गरेको छ । कठिन भौगोलिक बनावट, खराब मौसम र हवाइमार्गबाट उद्धार सामग्री पुर्‍याउनुपर्ने जटिलताका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको छ। खोज प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन प्राधिकरणले काठमाडौँस्थित प्रधान कार्यालय, बट्टार–त्रिशूली र पावरहाउस नजिकैको शान्तिबजारमा तीनवटा अलग–अलग टोली गठन गरी नेपाली सेना तथा अन्य प्राविधिक विज्ञहरूसँग निरन्तर समन्वय गरिरहेको छ । सामग्री व्यवस्थापन र तत्काल सूचना आदानप्रदानका लागि प्राधिकरणले ‘एनईए (त्रिशुली डिजास्टर रेस्क्यु)’ नामक ह्वाट्सएप समूह प्रयोगमा ल्याएको छ । जसका माध्यमबाट बट्टारमा रहेको…
Read More
इप्पानको अध्ययन निष्कर्ष : बाढीबाट ६६९ मेगावाटका १२ जलविद्युत आयोजना क्षतिग्रस्त, ९४७ कर्मचानरी सम्पर्कविहीन

इप्पानको अध्ययन निष्कर्ष : बाढीबाट ६६९ मेगावाटका १२ जलविद्युत आयोजना क्षतिग्रस्त, ९४७ कर्मचानरी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कुल ६६९ मेगावाट क्षमताका १२ वटा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पानका अनुसार बाढीका कारण ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) गरी १२ वटा आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन् । ११ वटा आयोजना स्थलबाट हालसम्म ९४७ जना व्यक्तिहरू सम्पर्कविहीन रहेको इप्पानको तथ्याङ्कले देखाएको छ । इप्पानले गरेको अध्ययन अनुसार रसुवा र नुवाकोट क्षेत्रका माथिल्लो त्रिशूली–१, लाङटाङ खोला, त्रिशूली जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली थ्री ’ए’, देवीघाट, रसुवागढी, चिलिमे लगायतका प्रमुख आयोजनाहरू बाढीबाट गम्भीर रूपमा प्रभावित…
Read More
आयाेग, हाइड्रो इलेक्ट्रिसिटी र ग्रिन भेन्चरले गरे २ करोड १२ लाख सहयोग

आयाेग, हाइड्रो इलेक्ट्रिसिटी र ग्रिन भेन्चरले गरे २ करोड १२ लाख सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड १ लाख रुपैयाँ तथा ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । एक कार्यक्रमबीच सम्बन्धित संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले सहयोग रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । यसअभि मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)द्वारा…
Read More
सरकारले भेट्यो सम्पर्कविहीन चिलिमेका कर्मचारीको परिवार, के–के भयो कुराकानी ?

सरकारले भेट्यो सम्पर्कविहीन चिलिमेका कर्मचारीको परिवार, के–के भयो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दु:खको यस घडीमा सरकार साथमा रहेको बताएका छन् । परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको मन्त्री श्रेष्ठको भनाई थियो । ‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने । खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष…
Read More
विपत्तिमा ऊर्जा व्यवसायीको ठूलो ढाडस: बाढीपीडितको उद्धार र राहतका लागि १३ करोड सहयोग

विपत्तिमा ऊर्जा व्यवसायीको ठूलो ढाडस: बाढीपीडितको उद्धार र राहतका लागि १३ करोड सहयोग

काठमाडौं — बाढीपहिरोको वितण्डाले जनजीवन तहसनहस बनाएको दुःखी घडीमा मुलुकका ऊर्जा उद्यमीहरू मलम बनेर अघि सरेका छन्। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भोटेकोसी र अन्य नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति संवेदनशील हुँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र सम्बद्ध संस्थाहरूले ठूलो राहत रकम जुटाएका हुन्। बाढी प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न जलविद्युत् प्रवर्द्धक, उद्यमी तथा हाइड्रोपावर कम्पनीहरूले हातेमालो गर्दै कुल १३ करोड १ रुपैयाँ ७७ पैसा सङ्कलन गरेका छन्। संकलित उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने गरी आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई…
Read More
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

दाङ, १ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभयो ।  प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभयो । हाजिरी अभिलेखअनुसार…
Read More
बागमतीका मुख्यमन्त्री बानियाँकाे राजीनामा

बागमतीका मुख्यमन्त्री बानियाँकाे राजीनामा

  काठमाण्डाै – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोज्नुभएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर…
Read More
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली…
Read More