२०८३ कार्तिक १४
२०८३ कार्तिक १४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् । थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालयमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक क्षेत्रीय संवादलाई सम्बोधन गर्दै उनले हिमालको संरक्षणसँगै जलविद्युत् तथा ऊर्जा पूर्वाधार जोगाउन विश्व समुदायको सहकार्य आवश्यक रहेको बताएका हुन् । नेपाल सरकार र यूएन इएससीएपीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले गत अगस्ट २६ मा भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी गराएका थिए । उनले हिमाली क्षेत्रमा हुने विपत्तिले सीमावर्ती…