२०८३ भाद्र २२
२०८३ भाद्र २२
काठमाडौँ । गत भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भइरहेका बेला पुन:स्थापनाका लागि खटिएका प्राविधिकहरू एकातिर जुटिरहेका छन् भने अर्कोतिर विद्युत् संरचनाका तामाका तार र पाटपुर्जा चोरी हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गम्भीर दुःख व्यक्त गरेका छन्। बाढीको विपत्तिले जनता अन्धकारमा बस्न बाध्य भएको संवेदनशील समयमा विद्युतीय संरचनाका अत्यावश्यक सामग्री चोरी हुनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको मन्त्रीले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा 'रुटिन अफ नेपाल बन्द' (Routine of Nepal Banda) ले सेयर गरेको समाचार पोस्टलाई रि-पोस्ट (शेयर) गर्दै मन्त्री विराजभक्त श्रेष्ठले यस्तो अमानवीय र आपराधिक गतिविधिलाई निरुत्साहित…