२०८३ भाद्र २२
२०८३ भाद्र २२
काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११:०० बजे अद्यावधिक गरेको तथ्याङ्कअनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको हो। प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ५५ जनामध्ये विभिन्न जिल्लाबाट शव फेला परेका छन्। जसमा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमा कतिपय मानव…