२०८३ आश्विन ५
२०८३ आश्विन ५
काठमाडौं । इलेक्ट्रिकल इन्जिनियरहरूको संस्था, नेपाल (इस्यान) को आयोजना तथा नेपाल विद्युत् प्राधिकरणको सहआयोजनामा भोटेकोशी–त्रिशूली नदी बेसिनमा आएको महाप्रलयबाट प्रभावित जलविद्युत् आयोजनाका विषयमा नेतृत्वस्तरीय परामर्श कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा महाप्रलयबाट प्रभावित जलविद्युत् आयोजनामा हराइरहेका, मृत तथा सकुशल भेटिएकाहरूको उद्धार, पुन:स्थापना तथा प्रभावित क्षेत्रको उत्थानशीलताका विषयमा छलफल गरिएको हो । कार्यक्रममा विपद्बाट प्रभावित जलविद्युत् आयोजनाको अवस्था, उद्धार तथा पुन:स्थापनाका लागि आवश्यक पहल र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण तथा आयोजनालाई थप उत्थानशील बनाउने उपायबारे परामर्श गरिएको जनाइएको छ । इस्यान र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको…