Skip to main content

Urja Nepal

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब रु १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक र…
Read More
हिमालयन क्लिन इनर्जी एक्स्पो : ऊर्जा क्षेत्रको विस्तार र समृद्धिको साझा यात्रा

हिमालयन क्लिन इनर्जी एक्स्पो : ऊर्जा क्षेत्रको विस्तार र समृद्धिको साझा यात्रा

हाम्रो संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को कार्यसमितिले प्रत्येक कार्यकालमा एउटा हाइड्रो एक्स्पो र एउटा पावर समिट आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै यसपटक हामी माघ ४ र ५ गते कार्यक्रम आयोजना गर्दैछौँ । महाप्रलयका कारण केही ढिलाइ भए पनि आजबाट यो यात्रा फेरि सुरु भएको छ । सन् २०१७ देखि हामीले हिमालयन हाइड्रो एक्स्पोको नाममा यो कार्यक्रम सुरु गरेका थियौँ । यसपालि नाममा थोरै परिवर्तन गरी ‘हिमालयन क्लिन इनर्जी एक्स्पो’ राखेका छौँ । हिमालय शब्द राख्नुको कारण स्पष्ट छ—नेपालमा विश्वका अग्ला हिमालहरूमध्ये आठवटा छन् । त्यसैले हिमालय हाम्रो पहिचान हो । तर…
Read More
ऊर्जामन्त्री श्रेष्ठ रास्वपाको सचिवालय सदस्यमा मनोनीत, जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न प्रतिबद्धता 

ऊर्जामन्त्री श्रेष्ठ रास्वपाको सचिवालय सदस्यमा मनोनीत, जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न प्रतिबद्धता 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य र सचिवालय सदस्य मनोनीत भएका छन् । उनी आइतबार रास्वपाको सभापति रवि लामिछानेको सभापतित्वमा बसेको सचिवालय बैठकले सदस्यमा मनोनीत गरेको हो । मन्त्री श्रेष्ठको शपथ सभापति लामिछाने र महामन्त्री विपिन आचार्यले गराएका छन् । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय समिति सदस्यमा निर्वाचित श्रेष्ठले केन्द्रीय समिति तथा सचिवालय सदस्यहरूको शपथ ग्रहण गरेका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई केन्द्रीय समिति सदस्यका रूपमा निर्वाचित गरेकोमा रास्वपाका सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेका छन् । श्रेष्ठले आफूलाई प्राप्त जिम्मेवारी र…
Read More
विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ को हुन् ? के छ उनको योग्यता ?

विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ को हुन् ? के छ उनको योग्यता ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी हुन् । उनले सन् १९९७ नोभेम्बरमा प्राधिकरणको भार प्रेषण केन्द्रमा प्रणाली सञ्चालन इन्जिनियरका रूपमा सेवा सुरु गरेका थिए । त्यसयता करिब २८ वर्षभन्दा बढी समय प्राधिकरणमा बिताएका श्रेष्ठले विद्युत् उत्पादन, प्रसारण, वितरण तथा प्रणाली सञ्चालनका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । श्रेष्ठले सन् १९९६ मा भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा स्नातक गरेका छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत…
Read More
भदौमा नेपालले बेच्यो ५ अर्बभन्दा बढीको बिजुली

भदौमा नेपालले बेच्यो ५ अर्बभन्दा बढीको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा भारत र बंगलादेशमा गरी ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् बिक्री गरेको छ । प्राधिकरणका अनुसार भदौमा दुई देशतर्फ कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो । नेपालले द्विपक्षीय सम्झौता तथा विद्युत् एक्सचेन्ज बजारमार्फत विद्युत् बिक्री गर्दै आएको छ । भदौ महिनामा द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात भएको छ । यसबाट प्राधिकरणले ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ । त्यस्तै, एक्सचेन्ज बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरिएको छ ।…
Read More
बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्षेत्रमा पुर्‍याएको ठूलो क्षतिपछि यसको पुनर्निर्माण र दीर्घकालीन सुरक्षाका लागि सरकारले विशेष नीतिगत तथा वित्तीय प्याकेज ल्याउनुपर्ने बताएका छन् । अभियान राष्ट्रिय दैनिक अन्तरगतको ’न्यू बिजनेस एज’ को युट्युब च्यानलमा प्रसारित ’अभियान अन्तर्वार्ता’ मा कुराकानी गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष समेत रहेका घिसिङ यस्तो बताएका हुन् । भोटेकोशी तथा आसपासका करिडोरमा जलविद्युत् आयोजना, पहुँचमार्ग र प्रसारण लाइनमा खर्बौ रुपैयाँको पूर्वाधार नष्ट भएकाले लगानीकर्ताको मनोबल बढाउन र आयोजनाहरूलाई पुन: सञ्चालनमा ल्याउन भन्सार छुट, रोयल्टी मिनाहा, पीपीए र लाइसेन्ससम्बन्धी लचिलो नीतिसहितको विशेष प्याकेज घोषणा गर्न…
Read More
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ । महासङ्घले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्नसक्ने…
Read More
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहेका कर्मचारीहरू विद्युतगृहमै थुनिएको पूर्वऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् । बाढीका कारण विद्युतगृह जाने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरी सम्पर्क तथा उद्धारको पहुँचबाट समेत टाढिने अवस्था सिर्जना भएको उनले बताए थियो । विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामग्री लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति तथा मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण समयमै उद्धारमा कठिनाइ देखिएको उनले उल्लेख गरेका छन् । यस घटनाबाट भएको मानवीय क्षतिले आफूलाई अत्यन्तै मर्माहत बनाएको घिसिङले बताएका…
Read More
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरकारसमक्ष विशेष राहत तथा पुनस्र्थापना प्याकेजको माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठलाई भेटेर विशेष कानुन, वित्तीय, प्रशासनिक र नियामकीय छुटसहितको प्रस्ताव बुझाएको हो । इप्पानले बाढीबाट क्षति पुगेका आयोजनाहरूलाई “विशेष महाप्रलय प्रभावित जलविद्युत् आयोजना“ घोषणा गर्न र सञ्चालनमा आउन नसकेका आयोजनाका लागि “विशेष जलविद्युत् पुनर्निर्माण तथा पुनस्र्थापना कार्यविधि, २०८३“ तत्काल जारी गर्न आग्रह गरेको छ । पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक…
Read More
चिलिमे जलविद्युत्को सुरुङमा भेटिएन जीवन, ५ मृतक फेला

चिलिमे जलविद्युत्को सुरुङमा भेटिएन जीवन, ५ मृतक फेला

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् केन्द्रको सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीमा आशा गरिए पनि पाँच जनाको जिवीत भने भेट्न सकिएन । सुरुङमा खोजी गर्ने क्रममा थप दुई जनाको शव भेटिएसँगै फेला परेका मृतकको संख्या पाँच पुगेको छ । नेपाली सेना, प्राविधिकलगायतको संयुक्त टोलीले बुधबार अपराह्न सुरुङभित्र खोजी गर्ने क्रममा थप दुई शव फेला पारेको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिए । यसअघि तीन जनाको शव फेला परिसकेको थियो । पछिल्लो पटक भेटिएका दुई शवसमेत गरी पाँचै शवलाई हेलिकोप्टरमार्फत नुवाकोटको त्रिशूली ल्याइएको छ । फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको महर्जनले बताए ।…
Read More